काठमाडौं । अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको जर्जियास्थित आफ्नै घरमा निधन भएको हो ।
कार्टरले १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति पद सम्हालेका थिए । राष्ट्रपतिको कार्यकालपछि उनले मानवअधिकार, शान्ति स्थापना र विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका थिए । यी कार्यहरूको कदर स्वरूप उहाँलाई २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
राष्ट्रपति कार्टरले नेपालमा पाँच पटक भ्रमण गरेका छन् । जसले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ। उनी १९८५ मा पहिलो पटक नेपाल आएका थिए । जस क्रममा उनले ग्रामीण विकास र स्वास्थ्य सेवाका परियोजनाहरूको निरीक्षण गरे । त्यसपछि उनी २००७ मा दुईपटक नेपाल भ्रमणमा आए । पहिलो भ्रमणमा उनले नेपालका ग्रामीण समुदायसँग भेटघाट गरेका थिए । भने दोस्रो भ्रमणमा नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्याउन उनको कार्टर सेन्टरको तर्फबाट महत्त्वपूर्ण भूमिका निर्वाह गरे।