बेलुकी १० बजेपछि पूर्वपश्चिम राजमार्गको बर्दघाट-दाउन्ने खण्डमा अत्यावश्यकबाहेक सवारी चल्न नपाउने

काठमान्डौ

मंगलबार बेलुकी १० बजेपछि बर्दघाट-दाउन्ने सडक खण्डमा अत्यावश्यकबाहेक सवारी साधन चल्न नपाउने भएका छन्।

जिल्ला प्रशासन कार्यालय नवलपरासीले सूचना निकालेर राति १० बजेपछि बुधबार बिहान ५ बजेसम्म सडक बन्द रहने बताएको छ।

बर्दघाट बजारदेखि जिल्लाको पूर्वी सीमाक्षेत्र दाउन्ने बजारसम्म सवारी साधन सञ्चालनमा रोक लगाएर सडक मर्मतको काम गर्न लागिएको हो।

यस्तो छ सूचना:

ताजा समाचार