काठमान्डौ। सन् २०२२ को फेब्रुअरी २४ देखि सुरु भएको रुस–युक्रेन युद्धमा अहिलेसम्म ३६ जना नेपालीको मृत्यु भएको सरकारको एक तथ्याङ्कले देखाएको छ । यद्यपि उक्त तथ्याङ्क सरकारले अहिलेसम्म आधिकारिक रूपमा सार्वजनिक गरेको छैन ।
प्राप्त विवरणमा हालसम्म सरकारी संयन्त्रमा सम्पर्कमै नरहेको भनी खोजी र फिर्ताका लागि निवेदन दिएको र घाइते वा अन्य कारणले फिर्ता गराइदिन अनुरोध गरिएको गरी कुल ३३१ वटा निवेदन परेको छ ।
हालसम्म मृत्यु भएको भनेर परराष्ट्र मन्त्रालयले पुष्टि गरेका व्यक्तिहरूमा राजकुमार रोका, शुक्रबहादुर तामाङ, भरतबहादुर शाह, देवन राई, प्रितम कार्की, गंगाराज मोक्तान, रूपक कार्की, सन्दीप थपलिया, कन्दन सिंह नागल, हरिप्रसाद अर्याल, राजकुमार गिरी, धनसिंह पुन, पूर्णबहादुर गुरुङ, सुन्दर मुक्तान, गंगाराम अधिकारी, पदमबहादुर घिमिरे, सञ्जय केसी, नवीन शाही, जितबहादुर वि.क., अनितकुमार साह, खगेन्द्र राईका मगर, विरवल राई, बलराम गुरुङ, तेजबहादुर शाही, सुरेन्द्र राना,, लालबहादुर बुढा, राज थारु, फुर्वा शेर्पा, सुरज वि.क., नेत्रबहादुर घर्ती, शङ्कर दमाई, साजन गुरुङ, घनश्याम परियार, शान्तबहादुर मोक्तान, सञ्जीव आचार्य र नवीन शाही छन् ।
यस्तै नेपाली राजदूतावासबाट मृत्यु प्रमाणित भएर आउन बाँकी रहेकाहरूमा विकाश राई, नेत्रबहादुर थापा, उदयराज थारु, प्रितम राई, ललित सिंह डोबाल, हेमकुमार मगर, तारा प्रकाश घर्ती र रामकुमार बुढा मगर छन् ।