लामो समयको मौनता पछि महेश श्रेष्ठले भने एनआरएनए समस्याको समाधान छलफल,सहमति,सहकार्य र एकताबाट मात्र सम्भव

टोकियो

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशनको निर्वाचनमा धादलि भएको भन्दै मतपरिणाम अस्विकार गरेका अध्यक्षका प्रत्यासी महेश श्रेष्ठले सर्वोच्च अदालतको फैसलाहरुले गैरआवासिय नेपाली संघमा आपसी छलफल, सहमति, सहकार्य र एकताले मात्र गैरआवासीय नेपाली संघमा निकाश निस्कन सक्ने बताएका छन ।

सर्वोच्च अदालतले एउटै विषयमा दुई छुट्टा छुट्टै आदेश आएपछि श्रेष्ठले शुक्रबार लामो समयपछि प्रतिक्रिया दिदै आफ्नो मत ब्यक्त गरेका हुन । सर्वोच्च अदालतले गरेको पहिलो फैसला एवं हालै गरेको फैसला विषय एउटै भएपनि फैसलाको आदेश फरक फरक आएको भन्दै अघिल्लो फैसलाले शेष घलेको नेतृत्वमा रहेको समितिले काम थालेको छ महिना भित्र एनआरएनएको विघान अनुरुप अधिवेशन गर्नु भन्ने अदालतको पहिलेको फैसलालाई चुनौति दिदै परराष्ट्रको आदेश कार्यान्वयन नगर्नु आदेश दिनु एकअर्को विपरितको हुने बताएका हुन ।

परराष्ट्र मन्त्रालयले सर्वोच्चको अघिल्लो फैशला अनुशार एनआरएनएको कुमार पन्त पछिको कार्यकाललाई खारेज गर्दै तत्कालिन मुख्य संरक्षक शेष घलेलाई संयोजक तोकि १३ सदस्य रहने एक समिति बनाई ६ महिना भित्र अधिवेसन गर्न दिएको आदेशको आधारमा परराष्ट्र मन्त्रलयले एनआरएनए कार्यलयमा नियमित काम बाहेक अन्य काम नगर्न परराष्ट्र मन्त्रलयले पत्र पठाएपछि ११ औ अधिवेशन नै अबैध बनेको थियो ।

अहिलेको विषम परिस्थितिमा सर्वोच्चको दुवै फैसला कार्यान्वयन अत्यन्तै विवादित हुन सक्छ श्रेष्ठको मत छ, गैरआवासीय नेपाली संघमा हामीहरु वीचको सहमति सहकार्य र एकताले मात्र अहिलेको परिस्थितिवाट निकाश दिन सक्छ । सर्वोच्च अदालतको पहिलो फैसलाको आसय पनि सहमति, सहकार्य र एकता नै हो । त्यसैले संघमा आपसी विश्वास र एकता कायम गर्न र ठोस निकास दिनका लागि परराष्ट्र मंत्रालयले सम्वध्द सवै पक्षहरुसंग तत्काल छलफल अगाडि वढाउई समस्याको समाधान गरिनप पर्ने बताए ।

ताजा समाचार