गायिका तृष्णा गुरुङ २६ औ रोधीं सांझका लागि अगष्टमा जापान आउने

टोकियो

चर्चित गायिका तृष्णा गुरुङ सागितिक समुह सहित २६ औ रोधीं सांझका लागि जापान आउने भएकी छन् ।

तमुधीं जापानको आयोजनामा अगष्ट १८ तारिक हुने २६ औ रोधीं सांझको लागि जापान आईपुग्ने तृष्णा गुरुङको समुहले १८ तारिक सांझ सिन्जुकु वार्प (WARP CLUB खाल्डो) मा आफ्नो ब्यान्डसहित लाइभ प्रस्तुति दिने तमुधीं जापानका अध्यक्ष हिमाली गुरुङले जानकारी दिनुभएको छ ।

नेपाली संगीतकर्मीका रूपमा बेलायतको रोयल अल्बर्ट हलमा प्रस्तुति दिइसकेकी गुरुङको जापान भ्रमण भने पहिलो हो । तृष्णा गुरुङको समुहको नाम भने तृष्णा गुरुङ दि क्लोब ( Trishna Gurung The Collab) दिएको तमुधीं जापानका निर्वमान अध्यक्ष रमेश कुमार गुरुङले दिएको छन । गुरुङका अनुसार तृष्णा गुरुङ समुहको प्रस्तुती ११ तारिक ओसाका १२ तारिक नागोया १८ तारिक टोकियो एवं तोचोगिमा हुने भएको छ ।

युवा पुस्ता विच चर्चित तृष्णा गुरुङका ‘माया पिरती, खानी हो यामी, गाइने दाजैले, साँझको बेला, तिम्रो मेरो प्रेम, गुराँसै फुल्योसहित दर्जन बढी आफ्ना चर्चित गीत रहेका छन जापान टुरमा गुरुङले यो लगायतका गितहरु प्रस्तुत गर्नेछिन्।

गायिका गुरुङ भ्वाइस अफ नेपाल तेस्रो सिजनकी कोचसमेत हुन्।

रोधीं सांझमा हेर्न आउने दर्शकले ५ सय सहित पुरस्कारहरु पाउने

तमुधीं स्थापनाको ३ दशक एवं रोधीं सांझ २६ औ पटक सम्म सफलता पूर्वक आयोजना गरेको अवशरमा तृष्णा गुरुङका शुभचिन्तकहरुलाई तमुधीं जापानले जापान मनि ट्रान्सफर (JME) को सहकार्यमा रोधीं सांझको टिकट लिने दर्शकलाई ५ सय ऐन फिर्ता दिने योजना बनाएको कार्यक्रम संयोजक मान गुरुङले जानकारी दिनु भयो ।

रोधीं सांझको टिकट लिएपछि JME सेवा डाउनलोड मार्फत ५ सय ऐन सहित हरेक पटक पैसा पठाउदा २०% बोनस पोइन्ट्स पाइने | एकजान साथिलाइ परिचय गराए बापत थप ५ सय बोनस पोइन्ट्स प्राप्त गर्ने भएका छन ।

ताजा समाचार