नारी दिवशको अवशरमा जापानिज र नेपाली नारीहरु सम्मानित

टोकियो

जापानकी छोरी नेपालकी बुहारी भई दुबै देशको पारिवारिक, सामाजिक, धार्मिक र सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउन योगदान गरेको भन्दै  १८ जना जापानी नारीहरुलाई सम्मान सहित टोकियोमा यस बर्षको नारी दिवस मनाईएको छ । 

नेपाली राजदूतावास जापनको आयोजना एव गुल्मेली समाज जापानको सहकार्यमा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस टोकियोमा सम्पन्न् भएको हो । 

नेपाली गित, संगित र नृत्यहरू सहित विविध कार्यक्रमका साथ सम्पन्न् भएको कार्यक्रममा जापानका लागि नेपालका राजदूत डा. दुर्गा बहादुर सुवेदीको स्वागत मतब्य सहित शुरु भएको कार्यक्रममा सम्मानित नेपाली बुहारीको तर्फबाट एचको हिरासावा श्रेष्ठले सम्मानित हुन पाउदा अत्यन्त खुसी लागेको बताउदै नेपालीहरुको मन अत्यन्त दयालु र सहयोगी रहेको बताउनु भयो, कार्यक्रममा जापानमा कुक भिजामा जापान आउने पहिलो महिला रेणुका शाक्यले कामको कारणले सम्मानित हुन पाउदा खुशी लागेको बताउनु भयो । नारी दिवशको अवशरमा शाक्य सहित  ५ जना महिला कुक नेपाली दिदीबहिनीहरूलाई सम्मानित गरिएको थियो । 

त्यलैगरी नारी दिवशकै अवशरमा श्रीमती लक्ष्मी के.सी. महर्जन, श्रीमती कामना भण्डारी तथा श्रीमती यसोदा बस्नेतलाई पनि राजदूत डा. सुवेदी उहाका धर्मपत्नी पुनम सुवेदी एवं गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र अधिकारीले दोसल्ला, सम्मान पत्रले सम्मानित गरेका थिए । 

ताजा समाचार