काठमान्डौ
लुक्ला बाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ ।
सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले नेपाल प्रेसलाई बताए ।
उनका अनुसार घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ । हेलिकप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए ।
दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।
बेपत्ता हेलिकप्टरमा सवार पाँचै जना यात्रु विदेश नागरिक भएको खुलेको छ ।
हेलिकप्टरमा सवार सबै मेक्सिकन नागरिक भएका मनाङ एअरका प्रबन्धक राजु न्यौपानेले बताए ।
मङ्गलवार बिहान सवा १० बजे सोलुखुम्बु सुर्केबाट काठमाडौं उडेको हेलिकप्टर दुर्घटना भएको हो ।
(साभार-नेपालप्रेस)