नेपाल सरकारको परराष्ट्र मन्त्रीको कार्यभार शुरुगर्नु भएका मन्त्री पौडेललाई एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनद्धारा बधाई एवम् शुभकामना

काठमण्डौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौडेललाई परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशन क्यालिफोर्नियाले हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

पौडेलले परराष्ट्र मन्त्रीमा शपथ ग्रहण सँगै पदभार गरेलगतै एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशन क्यालिफोर्नियाका अध्यक्ष माधव मरासिनीले सामाजिक सञ्जाल मार्फत उनलाई बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

बधाई दिँदै अध्यक्ष मरासिनीले नेपाल–अमेरिका सम्बन्ध र आफुहरुको संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोर्निया सहयोग बढाउन नवनियुक्त परराष्ट्रमन्त्री पौडेलसँग काम गर्न प्रतीक्षारत रहेको बताएका छन् ।

एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनले शिक्षा सहित सामाजिक क्षेत्रका विभिन्न कार्यक्रममा सहयोग गर्दै आइरहेको छ।

शिक्षा, स्वास्थ्य, सञ्चार, खेल लगायतका क्षेत्रमा योगदान गरेकाहरुलाई पनि सम्मान गर्दै आइरहेको संस्थाले नेपालमा हुने विभिन्न सामाजिक कार्यका क्षेत्रमा आफ्नो सक्रिय सहयोग गर्दै आइरहेको छ।

ताजा समाचार