मोबाइलमा कडाइ : ‘नो रेमिट्यान्स’ अभियानले पछि हट्न बाध्य भयो सरकार

काठमान्डौ

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने निर्णय कार्यान्वयन गर्नबाट सरकार पछि हटेको छ।

सामाजिक सञ्जालमा ह्यासट्याग प्रयोग गर्दै ‘नो रेमिटेन्स’ अभियान नै सुरु भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्णय कार्यान्वयन नगर्न अर्थमन्त्री विष्णु पौडेललाई निर्देशन दिएका हुन्।

 

प्रचण्डले व्यक्तिगत रुपमा नेपालीहरुले विदेशबाट लिएर आउने मोबाइल फोनमा गरिएको कडा तत्काल लागु नगर्न बिहीबार निर्देशन दिएका थिए।

उक्त निर्देशनपछि प्राधिकरणले बिहीबार एक सूचना निकालेर उक्त निर्णय कार्यान्वयन नगर्ने जनाएको छ। 

‘मोबाइल सेटको गैरकानुनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका र हराएका मोबाइल सेटको ट्र्याकिङ/ब्लकिङ गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमस) मा विदेशबाट आउने नेपालीहरुले निजि प्रयोगक लागि ल्याएका मोवाइल सेटहरुको आईएमईआई रजिष्ट्रेसन सम्बन्धमा सेवााग्राहीको पृष्ठपोषण र दर्ता प्रक्रियालाई सरलीकरण गर्न निर्देशन भएअनुसार अर्को सूचना प्रकाशन नहुनजेलसम्म पूर्वत रुपमा हुँदै गरेको आईएमइआई प्रक्रिया अनुसार नै हुने व्यहोरा जानकारी गराइन्छ’, प्राधिकरणले भनेको छ। 

ताजा समाचार