जापानमा ईतिहास रच्दै नेपाली युवा भाविन विश्वकर्मा

टोकियो


सुन्दर घर, ब्यवस्थित परिवार र आर्थिक सम्पन्नताका लागि जापान आउने हरेक नेपालीको चाहना मात्र होईन उद्देश्य नै बनाएर आउने गर्दछन । तर नेपाल दाङ घोराहीका २५ बर्षिय भाविन विश्वकर्माले भने खेलकूदको माध्यमबाट नेपालीलाई गौरन्वित मात्रै होईन नेपाली हुनुमा गर्व गर्न योग्य काम गरेका छन ।

जापानको राजधानी टोकियोको सिन्जुकुमा बसोबास गर्ने भाविन पैसा कमाउन गरिने कामसगै व्यायामशाला (जिम) जाने मात्रै गरेनन कडा महेनत गरेर उनले जापानको प्रतिनिधित्व गर्दै २०२२ मा नेदरल्याण्डमा सम्पन्न भएको प्रतियोगितामा उपाधि प्राप्त गरि त्यहि बर्ष फ्रान्स भएको प्रतियोगितामा सहभागि बन्दै प्रोफेन्नल क्याटगेरी हासिल गरेपछि उनको चर्चा ब्यवसायिक बडिबल्डिङमा प्रवेश गरेका छ ।
भाविनले अन्तराष्ट्रिय स्तरमा जापानबासी नेपाली नाम गौरवले भन्न सक्के गरी लेखाउन सफल भएका हुन । उननले स्वर्ण पदक सहित १ हजार युरो (करिब १० लाख) नगद पुरस्कार प्राप्त गरेका थिए ।

२५ वर्षीय बडी बिल्डर विश्वकर्मा फिजिक डिभिजन अन्तर्गत १७ वर्षको उमेर देखि नै यो क्षेत्रमा लागेको बताउने उनले अहिले जापानी बडी बिल्डरहरु माझ सम्भावना रहेको एक भरोसा योग्य खेलाडीका रुपमा आफुलाई उभ्याएका छन । भाविन भन्छन मैले यो खेलको शुरुवतमा त्यस्तो गम्भीर रुपमा लिएका थिईन जिमसगै जापानिज गुरुहरुको गाईड र मेरो निरन्तर महनेतले शरीरमा खेलाडीका लागि हुनुपर्ने परिवर्तनहरु देखा पर्न थालेपछि उनलाई यो पेशा प्रतिको लगाव मात्र बढेन, नशा जस्तै हुन पुग्यो ।
 
‘ सन् २०१५ मा जिम जाँदा यस बारेमा म गम्भिर थिईन भाविन भन्छन बडी बिल्डरको बारेमा जानकारी लिने व्यावसायिक रूपमा प्रतिस्पर्धा गर्दै आएका व्यक्तिहरुले स्टेजमा गरेको प्रदर्शन हेरेपछि उनले धेरै कुराहरु सिक्ने अवसर पाए । ‘बडी बिल्डरको बारेमा पहिले जे जति बुझेको थिएँ, स्टेजमा प्रदर्शन हेरेपछि झन् गम्भीर बन्ने निर्णयमा पुगेँ’ उनी भन्छन् ।
 
विश्वभरका उत्कृष्ट खेलाडीहरूमध्ये ३ स्थानमा पुग्नु उनको उपलब्धी हो भने २०२३ प्रो कार्ड प्राप्त गर्नु मेरो लक्ष्य भएको उनले बताए । विश्वकर्मा भन्छन्, ‘कडा मेहनत गरिरहेको छु । आशा छ प्रो कार्ड ( व्यवसायिक परिचय) पाउने र पुरुष फिजिक डिभिजनमा प्रो कार्ड प्राप्त गर्ने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने र आउने युवा बडीबिल्डरहरूलाई उत्प्रेरित गर्ने र प्रेरित गर्ने पहिलो नेपाली बन्छु ।’

भाविन भन्छन प्रो. कार्ड र टर्न प्रो पाएपछि आफु अन्तराष्टिय प्रो शोहरूमा प्रतिस्पर्धा गरिरहने उनको योजना बनाएका छन । यदि २०२३ मा प्रो र टर्न प्रो प्राप्त गरे यो इतिहास रच्ने पहिलो नेपाली बन्ने बुझेका उनले यो प्रतियोगिताका लागि कडा महनेत गर्दै विश्वको सबैभन्दा ठूलो प्रतियोगिता ओलम्पिक चरणको लागि लड्ने अन्तिम लक्ष्य राखेका छन । उनी भन्छन ‘ यो दुरी मैले लिएरै छाड्ने छु ।’

ताजा समाचार