टोकियो
कतार विश्वकपको फाइनल खेलको पहिलो हाफमा साविक विजेता फ्रान्सविरुद्ध अर्जेन्टिनाले अग्रता बनाएको छ।
लुसैल स्टेडियममा खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले फ्रान्सविरुद्ध २–० ले अग्रता लिएको छ।
खेलको ३६ औँ मिनेटमा एञ्जल डि मारियाको गोलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध अग्रता दोब्बर पारेको हो। लियोनल मेस्सी र अल्भारेजले मिलाइदिएको पासमा म्याक एलिस्टको क्रसमा डि मारियाले बललाई उत्कृष्ट फिनिसिङ दिएका हुन्।
त्यसअघि खेलकोे २३ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
फ्रान्सका डेम्बेलेले डिमारियालाई डिबक्समा लडाएपछि रेफ्रिले अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए। जुन अवसरलाई मेस्सीले खेर जान दिएनन्।
अर्जेन्टिना र फ्रान्स तेस्रो पटक विश्वकपको उपाधि उचाल्न चाहान्छन्। यसअघि फ्रान्स र अर्जेन्टिनाले समान २ पटक उपाधि जितेका छन्।
अर्जेन्टिनाले १९७८ र १९८६ मा विश्वकपको उपाधि उचालेको थियो। अर्जेन्टिना ३६ वर्षपछि विश्वकपको उपाधि उचाल्ने दाउमा छ।
१९९८ मा पहिलोपटक ब्राजिललाई हराउँदै उपाधि जितेको फ्रान्सले अघिल्लो पटक क्रोएसियालाई हराउँदै दोस्रोपटक उपाधि जितेको थियो। फ्रान्स उपाधि रक्षा गर्ने होडमा छ।