विदेश जानेले रेमिटेन्ससगै बर्षमा १ हजार ४७९ जनाको शव पनि पठाउछ

काठमान्डौ

गत आर्थिक वर्ष २०७८-७९ मा वैदेशिक रोजगारीमा गएका १४७९ जनाले ज्यान गुमाएका छन् ।

बिरामी, आत्महत्या, सडक दुर्घटना लगायतका कारणबाट उनीहरूको ज्यान गएको मानव अधिकार आयोगले जनाएको छ  ।

आयोगको तथ्यांकअनुसार मलेसिया र खाडी मुलुकमा अधिक नेपालीको मृत्यु हुने गरेको पाइएको छ ।

यी मुलुकमा मृत्युदर झण्डै ७५ प्रतिशतको हाराहारी रहेको तथ्यांकमा उल्लेख छ । कुल संख्यामध्ये वैदेशिक रोजगारीमा गएका १०५ जनाले आत्महत्या गरेकोसमेत तथ्यांकमा उल्लेख छ ।

ताजा समाचार