रौतहट-३ को २ वटा मतदान केन्द्रमा झडप रोक्न हवाई फायर 

रौतहट — रौतहटको निर्वाचन क्षेत्र नम्बर ३ मा दुई पक्षबीच भएको झडपलाई नियन्त्रण लिन प्रहरीले हवाई फायर गरेको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ स्थित कनकपुर र पोठियाही मतदान केन्द्रबाहिर २ पक्षबीच झडपको अवस्था सिर्जना भएपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर गरेको हो । 

दलहरूबीच भनाभन हुन थालेपछि झडपको स्थिति आउन नदिन हवाई फायर गर्नु परेको रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । अहिले निर्बाध रूपमा जिल्लाभर मतदान भइरहेको उनले जानकारी दिए ।

ताजा समाचार