टोकियो
नेपाल काठमान्डौ बालुवाटार घर भएको एक नेपाली युवाको जापानको टोकियो स्थित कामता शहरमा मृत्यु भएको छ ।
श्रीमती सहित जापानमा विगत एक दशक देखि कुक भिषामा कार्यरत एल पि भनिने पाण्डव थापा मगर गएको सोमबार विहान घर अगाडी नै बेहोसीको अवस्था श्रीमतीले भेटेका थिए । बेहोस भएका थापालाई हस्पिटल लगिएकोमा हस्पिटलले ह्रदयघातका कारण मृत्यु भएको बताएको थियो ।
दश बर्ष अघि जापान आएका थापाको नेपालमा पांच बर्षिय एक छोरी रहेको नेपाल मगर संघ जापानका अध्यक्ष ओम काउचा मगरले जानकारी दिनु भयो ।
मगर संघ जापानको पहलमा जनजाति महासंघ जापानको सहयोगमा मृतक थापाको अत्येष्टिका लागि सहयोग अपिल गरिएके छ भने थापाको शवलाई विहीबार तिन बजे टोकियोको ओमोरी नजिक श्रद्धान्जली पछि अत्येष्टी गरिने भएको छ ।
तिन हप्तामा तिन नेपालीको मृत्यु
दुई हप्ता अघि गुन्मा केनमा एक महिनाका सुत्केरी सविना गुरुङको उपचारका क्रममा मृत्यु भएको थियो भने गुरुङको शवलाई बुधबार नेपाल पठाईएको नेपाली साझा समाज जापानका महासचिव निरज गुरुङले जानकारी दिएका छन । यसैगरी दुई हप्ता अघि नागोयामा कास्की पोखरा घर भएका सन्तोष खडाकाको ब्लड प्रेशरका कारण मृत्यु भएको थियो । खडकाको मंगलबार नागोयामा नै अन्तेष्टी भएको छ भने मंगलबार नै थापाको पनि मृत्यु हुन पुगेको छ ।
अत्येष्टी गरिने स्थान