टोकियो
नेकपा एमालेको विचारसग नजिक रहेको प्रवासी नेपाली मञ्च जापानको आयोजनामा आईतबार टोकियोमा नेपाली पर्वहरुको अवशरपारी चियापान सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
जापानका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीको प्रमुख अतिथ्यतातमा सम्पन्न कार्यक्रममा जापानमा क्रियासील विभिन्न राजनैतिक दलका प्रवास संगठनका अध्यक्ष एवं प्रतिनिधीहरु गैर आवासीय संघका पदाधिकारीहरु विभिन्न संघ सस्थाका अध्यक्षहरु प्रवासी नेपाली संघका पदाधिकारीहरुको उपस्थिती सम्पन्न भएको कार्यक्रममा राष्ट्रियगान एवं शहिद प्रति मौन धारण गरि शुरुवात भएको थियो ।
कार्यक्रमको उदेष्य बारेमा मञ्चका उपाध्यक्ष बाबुराम भन्डारीले संगठन भित्र विवाद देखिए पनि सहमति र सहकार्यगरी अगाडी बढनु पर्ने बताउदै हाम्रो संगठन यस्तो समस्याबाट अगाडी बढेको बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस निकटको जनसम्पर्क समिति जापानका उपसभापति पिताम्बर चापागाई, जसपा निकटको नेपाली साझा समाज जापानका अध्यक्ष पेम्बा शेर्पा, एनआरएन आईसिसि उपाध्यक्ष भूषण घिमिरे, उपमहासचिव ओम गुरुङ, एनआरएन जापानका कावा अध्यक्ष नविन न्यूउरे, उपाध्यक्ष संगिता अधिकारी, महासचिव सिद्दार्थ श्रेष्ठ, अनेसास जापानका अध्यक्ष रविन शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष मोहन घलेले शुभकामना ब्यक्त मतब्य ब्यक्त गरेका थिए ।
प्रवासी नेपाली मञ्चका जापानका अध्यक्ष कुलचन्द्र खरेलको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा निर्वतमान अध्यक्ष सुरेस केसी,एभरेष्ट ईन्टरनेशनल स्कुलका उपाध्यक्ष मेघराज नेपाल, उपाध्यक्षहरु श्रृजना केसी, अर्जुन अधिकारीले कार्यक्रममा बारेमा बोलेका थिए ।
मञ्चका सचिव राजेन्द्र श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा जापानमा रहेका मञ्चका सदस्य सहित नेपालीहरुको उपस्थिती रहेको थियो ।