काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षकाे उमेरमा निधन भएको छ ।
उपचारको क्रममा ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उनको निधन भएको हो। आज विहान ७ बजेर ९ मिनेटमा निधन भएको पारिवारिक स्रोत निकट नरेन्द्र राज प्रसाईले बताए ।
उनले भने,’उहाँ आज बिहान ७ बजे र ९ मिनेटमा किस्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा स्वर्गारोहण हुनुभयाे ।