टोकियोमा निशुल्क फुटबल प्रशिक्षण क्याप सम्पन्न

टोकियो

आईतबार टोकियोमा सम्पन्न निशुल्क फुटबल प्रशिक्षण क्याम्पमा २० नेपाली बच्चाहरुले सहभागिता जनाएका छन ।

पूर्व नेपाली राष्ट्रिय टोलिका चर्चित खेलाडी बसन्त गौचनको सॅयोजनमा सम्पन्न भएको निशुल्क फुटबल क्याम्पमा फुनरुट्स एकेडेमी र नेपाए नामक सस्थाले सहयोगमा सम्पन्न भएको हो ।

जापानको जे लिग खेलेका योसिनोबु सातोले र बसन्त गौचनले क्याम्पमा सहभागि नेपाली बच्चाहरुलाई फुटबल सिकाएका थिए ।

जापानमा बसोबास गर्ने नेपाली समुदयका साना बच्चाहरुमा फुटबल खेल्ने चाहानलाई सहयोग पुर्याउन एवं जापानमा ब्यवसायीक खेलाडी बनाउने लक्ष्यको पहिलो चरण रहेको आयोजकले निष्पक्ष न्यूजलाई जानकारी दिएका छन ।

टोकियोमा पहिलो पटक आयोजना गरिएको क्याम्पमा छोटो समयमा पनि २० बच्चाहरु सहभागी भएको भन्दै आगमी दिनहरुमा पनि निशुल्क फुटबल प्रशिक्षण कार्यक्रम आयोजना गरिने गौचनले जानकारी दिएका छन ।

टोकियोको सेन्दगाया स्थित गत बर्ष सम्पन्न भएको टोकियो ओलम्पिक स्टेडियमसगैको मैदानमा सम्पन्न निशुल्क फुटबल क्यान्पमा ४ बर्ष देखि १२ बर्ष भित्रको २० भन्दा बढी नेपाली बच्चाहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार