टोकियो
पर्वत समाज जापानको शनिबार सम्पन्न सातौ अधिवेशनबाट सुभाष लामिछानेलाई अध्यक्षमा चयन गर्दै २३ सदस्यिय नयां कार्यसमिति निर्माण गरेको छ ।

सातौ अधिवेशनको उदघाटन गर्दै एनआरएन आईसिसि उपमहासचिव ओम गुरुङले उदघाटन गर्दै प्रवासमा गोलबन्द हुनु पर्ने बताउदै समय र सक्षम भएपछि सक्रिय हुनु आवस्यक रहेको बताउनु भयो ।
त्यसैगरी नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेले अधिवेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
पर्वत समाज जापानको अध्यक्ष जनक सुवेदीको सभापतित्वमा सम्पन्न भएको उदघाटन सत्र पछि भएको बन्द शत्रमा महासचिव राम प्रसाद बास्तोला प्रगति प्रतिवेदन, कोषध्यक्ष विमल न्यौपानेले आर्थिक प्रतिवेदन, प्रवक्ता रविन शर्माले पर्वतको परिचय एवं उपाध्यक्ष सुभाश लामिछानेले विघान संसोधन बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए भने हलबाट पारित भएको थियो ।
बन्द शत्रबाट सर्व सम्मात सुभाश लामिछानेलाई अध्यक्षमा एवं
उपाध्यक्ष मुक्ति राज रेग्मि,रमेश काफ्ले,बसन्त जोशि, महासचिव राम प्र बास्तोला,सचिव बिमल न्यौपाने, राजेन्द्र शर्मा ,कोषाध्यक्ष राम चन्द्र सापकोटा, सह-कोषाध्यक्ष रमेश राज जैशी सदस्य कृष्ण भुषाल,नवराज आचार्य,योगनाथ आचार्य,अर्जुन तिवारी,रबिन सुबेदी
पुरुसोत्तम बास्तोला,शिव रेग्मि,बिनोद भुषाल शर्मा,बालकृष्ण रिजाल,विनोद न्यौपाने,बिकास पौडेल,रामकृष्ण आचार्य,सागर सापकोटा,नारायण पौडेल चयन भएका छन ।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई बर्षको हुने विघानमा ब्यवस्था रहेको छ ।