टोकियो
देशको बिकासमा जिम्मेवार नेताहरुको उदासिनतामा नेपाली जनता, पार्टि कार्यकर्ता र विज्ञहरु आफ्ना नेताहरुलाई जिम्मेवार नबाउदाको परिणाम भएको विज्ञ डा. सुर्यराज आचार्यले बताएका छन ।
बिगतको बर्षहरु देखि नेपालको पूर्वधार विकासमाको क्षेत्रमा अध्ययन गरेका आचार्य सामाजिक चासो सहितको विकास र पूर्वधार क्षेत्रमा कमल र विचारहरु राख्दै आउनु भएका छ ।
जापानमा बसी जापान सरकारको विभिन्न योजनाहरुमा रिसर्चमा सहभागिता जनाएका डा सुर्यराज आचार्यसग जापानमा रहेका सामाजिक अभियान्त संचारकर्मि एवं ब्यवसायी विच आईतबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा आचार्यले नेताहरुलाई सम्मान सहित जिम्मेवार बनाउन सबै भन्दा बढी कार्यकर्ताको जिम्मेवारी रहेने बताउनु भयो । बिदेशमा बस्ने समर्थकहरुले पनि नेताले जे गरेपनि सर्पोर्ट नै गर्नु पर्ने मानसिकताका कारण जापान जस्तो देशमा भ्रमण गरेपनि नेपालमा त्यस प्रकारको उपलब्धी हुन नसकेको बताउनु भएको हो ।
डा. आचार्यले नेपालमा नेता, उच्च तहका कर्मचारी र विज्ञहरुमा सरलता नभएको बताउदै देश बिकास नहुनुमा हामि जस्ता पढेका तर स्वार्थले भरिएका विज्ञहरुका कारणले पनि यस्तो समस्या श्रृजना हुनपुगेको बताउनु भयो ।
उहांले नेपालका विज्ञहरुले पनि आफुलाई सबै भन्दा ठुलो र ज्ञानी देखाउन बुझ्न नसकिने खालका शब्दहरु राखि प्रस्तुती गर्ने गरेका कारणले पनि विषयलाई बुझ्न जटिलता थपिने बताउदै नेपालमा जति कडा र नबुझ्ने शब्द राख्यौ त्यहि जान्ने भन्ने समस्या पनि छन भन्नुभयो ।विज्ञहरुले रिसर्च पछि सरल सजिलो हुनेगरी समस्याहरुको सरलिकरण गर्ने तर्फ नभई विषयलाई नबुझाउने बरु अल्झाउने बानि भएका कारण बिकास हुन नसकेको बताउनु भयो ।
उच्च तहको कर्मचारीमा आफुले जानेको नै १०० प्रतिशत हो भन्ने घमन्डले पनि बिकासमा गति दिन नसकेको बताउदै विज्ञहरु पनि विषयको नभई पार्टि र भागबन्डको लागि बार्गेनिङ गर्ने हुदा आर्जन गरेको ज्ञानको पनि उपयोग हुन सकेको बताउनु भयो । त्यसैगरी विज्ञले पनि पद मात्र पाउने ध्यान मात्रै गर्नले विज्ञको अवमुल्यान हुन पुगेको बताउनु भयो ।
कुनै समय नेता समेत रहेका डा. आचार्यले नेताले जति सजिलोगरी बोल्छन त्यसपछि उहाहरुको काम सकिएको हाम्रो नेतामा भ्रम भएको बताउनु भयो । बोल्नु भन्दा अगाडी नत पूर्व तयारी वा सम्बन्धित विज्ञसग राय लिन्छन नत मतहत कर्मचारीसग राम्रो तालमेल गर्न सक्छन, यसैकारणले राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिने परियोजनाहरु एताउता हुन पुगेको बताउदै विदेशमा बस्ने नेपालीसग डा. पिएडी गरेकाहरु भन्दा ब्यवहारीक ज्ञान धेरै रहेकाले नेपाल विकासमा सहयोग गर्न नेपालबाट नेता आउदा यहॅाको राम्रो कामहरु देखाउन र नेपाल जादा त्यो काम कस्तो भएको छ भने सोध्न पनि उहाले अनुरोध गर्नु भयो ।
एनआरएन आईसिसि उपाध्यक्ष भूषण घिमिरेले सहजिकरण गर्नु भएको कार्यक्रम एनआरएन एसिया प्रशान्त क्षेत्रका उपसंयोजक दघिवल खडकाले विज्ञहरुले नेता र देश बिगारको देख्नु हुन्छ भनेर प्रस्न राखेका थिए भने युवा ब्यवसायी सुजन जोशीले हाम्रो सस्थाले पहिला आफ्नो ब्यवसाय र परिवार पछि समाजसेवा रहेको बताउदा डा. आचार्यले खडाकको जवाफमा सहमति जनाएका थिएभने जोशीले भनेको विषय सहि भएको अभिब्यक्ति दिएका थिए ।
त्यसैगरी अन्तरक्रियामा विजेन ज्ञावलीले जापानमा बस्दा कुनै भेदभाद महशुस गर्नु भयो भनेर राखेको जिज्ञासमा आफू विस्व विद्यालयको विद्यार्थी हुदा सबै बिद्यार्थीहरुलाई समेटने उदेश्य राखि नेसाजको पहिलो अध्यक्ष बनेको स्मरण गर्दै त्यस समयमा अन्य देशबाट जापान आएका विद्यार्थी माझ नेपालीको परिचय गराउने काम गरेको अनुभव बताउनु भयो ।
कार्यक्रममा सहभागि ब्यवसायी शिवहरी पौडेलले के अब फेरी राजनितीमा आउनु हुन्छ भनेर राखेको प्रश्नमा निष्ठा, विचार सहितको नेतृत्व देशलाई चाहिएकाले सम्भावना रहेको बताउनु भयो ।
संचारकर्मि विस्वास आचार्यले गाविस/ नगरपालिकाका वार्ड अध्यक्षले डोजार किनेर बिना योजना बिकासको नाममा जतापायो त्यतै बाटो बनाउने बिकास कि बिनास भनेर सोध्दा डा. आचार्यले त्यो प्रकृती माथिको बलात्कार भएको बताउदै त्यो वातावरणिय प्रभावका लागि तुरुन्तै रोक्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली, अद्येता तिर्थ कार्की नेपाली, ब्यवसायी महेन्द्र बानिया, राम खडका लगायतको उपस्थिती रहेको थियो ।