टुँडिखेलमा मनाइयो संविधान दिवस

काठमाडौँ — संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाएको छ । विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपराष्ट्रपति नन्दबहादुर पुन, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह लगायतको उपस्थित थियो ।

सो अवसरमा नेपाली सेनाले मार्च पास गरेको थियो ।

संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेको राष्ट्रपतिको भनाइ

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा शुभकामना व्यक्त गर्दै भण्डारीले मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्ने सबै अग्रजप्रति सम्मान जननाइन् ।

नेपाली जनताको दशकौँ लामो संघर्ष र बलिदानको फलस्वरूप २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ’, सन्देशमा भनिएको छ, ‘वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सीर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ ।’

संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्नेमा राष्ट्रपतिको जोड छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरि राख्न आवश्यक रहेको राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।

संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : प्रधानमन्त्री देउवा

sf7df8f}F, @! c;f/M g]kfn ;ª\uLt tyf gf6\o k|1f k|lti7fgsf] k|1f–;ef ;df/f]x k|wfgdGqL z]/axfb’/ b]pjf dª\unaf/ g]kfn ;ª\uLt tyf gf6\o k|1f k|lti7fgsf] !@cf}F k|1f–;ef pb\3f6g ;df/f]xnfO{ ;Daf]wg ub}{ . tl:a/M /f]zg ;fksf]6f÷/f;;

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन् ।

साथै उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।

आठौं संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै उनले मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

ताजा समाचार