टोकियो
जापानको फुकुओका शहरमा रहेको निशिनिहोन इन्टरनेशनल एजुकेशन एकेडेमी जापानी भाषा विद्यालयले आफ्नै विद्यार्थीहरुलाई चेनले बाँधेर बन्धक बनाउने जस्ता गैर कानुनि कार्य गरेको भन्दै विद्यालयको सम्बन्धन रद्द गरेको आज जापानी संचार एनएचकेले समाचार प्रकाशन गरेको छ ।
फुकुओकाको ठुलो र पुरानो मध्येको एक उक्त बिद्यालयमा गत वर्ष अक्टोबरमा विद्यालयका कर्मचारीले २० वर्षका भियतनामी पुरुष विद्यार्थीलाई आफ्नो पेन्टको बेल्ट तथा फलामको चेनले बांधी थुनेर राखेको एवं भोलिपल्ट अन्य कर्मचारीहरुको निगरानीमा त्यसैगरी थुनेर राख्ने लगायतका मानव अधिकार उल्लंघन गरेको पुष्टि भएको कारण बिद्यलयको बन्द गर्ने निर्णय गर्न परेको जनाएको छ ।
उक्त बिद्यालयमा कम्तिमा ५ सय नेपाली बिद्यार्थीहरु अध्ययन गरिरहेको बिद्यालयको समाचार पछि हामिले फुकुओकामा शिक्षा र सामाजिक कार्यमा सक्रिय धर्म अधिकारीसग यसका बारेमा जानकारी लिएका थियौ ।
अधिकारीले यस बिद्यालयमा नेपाली बिद्यार्थीहरुको सख्या ठुलो रहेको र ति नेपाली बिद्यार्थीको भविष्य माथि गम्भिर अवस्था आईपुगेको भन्दै जापान स्थित नेपाली दूतबासले समय हुदै समस्याको सम्बोधन गर्न आवस्यक पहलको आवस्यकता रहेको बताउनु भयो ।
हामिले टोकियो स्थित दूतबासमा सम्पर्क गर्दा बिद्यालयको समाचार सुनेको र बिद्यार्थीहरुका बारेमा आवस्यक कदम चालिने जानकारी दिएको छ ।
जापानिज भाषा सहित सेनमोन कक्षहरु संचालन हुने यस बिद्यालयले यसका बारेमा भने केहि जानकारी दिएको छैन ।
श्रोतका अनुसार केहि महिना पछि अन्य भाषा विद्यालयमा बिद्यार्थीलाई सार्न समय दिन सकिने बताईए पनि बिद्यालयले के कस्तो निर्णय गर्छ त्यो भने महत्वपूर्ण हुने बताईएकोछ ।