काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्देशनमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काउने काम भइरहेको छ । मेयर शाहको निर्देशनमा नयाँ बानेश्वर, सुन्धारा, कोटेश्वर लगायत स्थानमा रहेका अनधिकृत संरचना भत्काइएको छ ।
यस क्रममा शुक्रबार दिउँसो महानगरको टोली त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयमा पुगेको छ । अहिले महानगरीय प्रहरी लगायत सुरक्षाकर्मीले त्यहाँस्थित बेसमेन्टमा राखिएका कुर्सी र अन्य सामान बाहिर निकालेका छन ।