जापानमा रहेका नेपालीलाई माओवादी अध्यक्ष प्रचण्डले अहिले नै नेपाल फर्केर नआउन आग्रह

टोकियो

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा बिद्युतमा जसरी फडको मारेको छ, अबको दिनमा कृर्षि र पर्यटनको विकासबाट समृद्द र आत्मनिर्भर बनाउने जापानबासी नेपालीमा बताएका छन ।

पांच दिने जापान भ्रमणमा दोश्रो दिन आईतबार जनप्रगतिशील मंच जापानको आयोजनामा जापानमा रहेका नेपाली समुदायसँग भएको अन्तरक्रिया कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताउदै नेपाल पर्यटन विकासको केन्द्र हुनसक्ने पनि बताएका थिए । उहाले ‘अहिले नेपाल सरकारको नीति कार्यक्रम बनाउँदै गर्दा र बजेटबाट पनि नेपाल कता लैजाने भनिरहँदा मेरो ध्यान कृषिको आधुनीकिकरण र यान्त्रिकरण तथा यसको औद्योगिक विकासमा आफ्नो ध्यान रहेको बताउनु भयो ।

उहांले देशको विकासमा विदेशमा रहेका नेपालीको महत्त्वपूर्ण भूमिका हुने संकेत गर्दै तपाईहरुलाई अहिले नै नेपालमा फिर्ता बोलाउने अवस्था अझै नभएको बताउनु भयो ।

दाहालले बलियो राजनीतिक केन्द्र बनाएपछि आधिकारिक रुपमा विदेशमा रहेका नेपालीलाई फिर्ता बोलाउने दिनको ब्यग्र प्रतिक्षामा आफु रहेको पनि बताउदै दाहालले केही समयपछि विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने योजना रहेको बताए ।

यसका लागि आफूहरूले नेपालमा राजनीतिक स्थायित्व र स्थिरताको वातावरण बनाउँदै गरेको दाहालको दावी थियो ।

अन्तरक्रिया कार्यक्रममा जापानका लागि नेपाली राजदूत दुर्गा बहादुर सुबेदी, एनआरएन आईसिसिका संरक्षक भवन भट्ट, नेपाली एनआरएन आईसिसिका उपाध्यक्षहरु महेश श्रेष्ठ, भूषण घिमिरे, रोविन्द्र श्रेष्ठ, नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली, जनसम्पर्क समिति जापानका सभापति रोशन केसी, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, एनआरएन जापानका अध्यक्ष शिव प्रसाद पौडेल, आदिवासी जनजाति महासंघका अध्यक्ष संजिव राई लगायतले बोलेका थिए ।

जापानमा सक्रिय संघ सस्थाका अध्यक्षहरु, जापानबासी नेपालीहरु माओवादी विचारसग आस्था राख्ने समर्थकहरुको उपस्थिती रहेको थियो ।

(फोटो- गणेश खनियां/शालिकराम भन्डारी/मोहन पौडेल)

ताजा समाचार