टोकियो
जापानको ठूलो र प्रसिद्ध मध्यको एक ‘समर फेष्टिबल’ नारिता ग़ीओन फेष्टिबल’ चिवा केनको नारितामा बस्ने नेपालीहरूको संस्था नारिता नेपालले सहभागिता जनाएको छ ।

फेष्टिबलमा सहभागिता जनाएको नारिता नेपालले त्यहाँ मनाइने महत्वपूर्ण पर्वहरूको बारेमा जानकारी लिनुका साथै आफ्नो देशको पर्वहरूबारे जानकारी गराएको थियो । आगामी दिनमा पनि नेपाल र जापानमा रहेका कला संस्कृतिको सम्मान र आत्मासाथ गर्ने एवं हरेक सामाजिक क्रियाकलापमा समन्वय गरि सहभागिताका साथै सकारात्मक भूमिका खेल्ने जनाईएको छ । ससंथाले जापानमा भएका नेपालीलाई सकारात्मक संदेश दिने उद्देस्यले जापानमा नेपालीहरुलाई रहेको नारिता नेपालमा आवद्ध बीरेन्द्र रावलले बताए ।
उनले यो नेपालीहरूको सहभागिताले उनिहरु धेरै नै उत्साहित र फ़रक महसूस गरेको साथै आगामी दिनमा पनि नेपालीहरूले जापानमा मनाउने हरेक महत्वपूर्ण पर्वहरूमा जापानी नागरिकहरूलाई पनि सहभागी गराएर नेपालको कला,संस्कृतिको प्रबर्दनको लागी जानकारी दिने सहमति भएको छ । साथै आगामी अगस्ट २७ तारिखमा “तीज विशेष कार्यक्रम “आयोजना गर्न लागेको कुरा जानकारी पनि गराइएको थियो ।
नारिता नेपालले स्थापनाकालदेखि नै सामाजिक, सास्कृतिक, मनोरंजनात्मक र जनचेतनामूलकलगायत कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।