शनिबार जापानमा एकै दिन सबै भन्दा बढी संक्रमणहुने रेकर्ड कायम, १ लाख १० हजार भन्दा बढीमा कोरोना पुष्टी

टोकियो

शनिबार जापानमा कोरोना संक्रमण हुने सख्यामा नयॅा रेकर्ड कायम हुन पुगेको छ ।

गएको फेब्रेअरी ५ तारिखमा एकै दिन एक लाख ४ हजार १६९ जनामा कोरोना भएको थियो । त्यो अकलाई आजको संक्रमण संख्याले जितेको हो । आज कोरोना संक्रमितको संख्या एक लाख १० हजार ६ सय ७५ जना रहेका छन ।

जापानमा आज पनि एकै दिन १ लाख भन्दा बढी मानिसहरू देखिएको दोस्रो दिन पनि एक लाख नाघेको हो ।

आज कोरोना सक्रमणका कारण कम्तिमा २० जनाको ज्यान गएको छ ।

आज टोकियोमा १८ हजार ९ सय १९ जनामा कोरोना देखिएको छ भने जापानको १३ प्रान्तहरुमा संक्रमण हुनेको संख्या बढेको छ ।

आओमोरी प्रान्त (९७५ ), मियागी प्रान्त (९५८ ), यामानाशी प्रान्त (४८१ ), शिजुओका प्रान्त (२७१२), आइची प्रिफेक्चर (७२६९ ), कागावा प्रान्त (५९३), कोची प्रान्त (४२७), यामागुची प्रान्त (४२) प्रिफेक्चर (७७० जना), फुकुओका प्रिफेक्चर (६५८८ जना), कुमामोटो प्रिफेक्चर (२७५२ जना), नागासाकी प्रिफेक्चर (९१२ जना), कागोशिमा प्रिफेक्चर (१७०१ जना), ओकिनावा प्रिफेक्चर (३९०४ जना)

ताजा समाचार