टोकियोको मुटु सिनओकुबोमा नेपाली परिकार सहित ब्यान्डलाईब म्युजिक र नेपाली गीत संगितको प्रस्तुती रहने किङ्स लाउन्ज एण्ड बारको ब्यवसायिक शुरुवात

टोकियो

जापानको राजधानी टोकियोको नेपाली समुदायको बाक्लो बसोबास रहेको सिनओकुबोमा नेपाली खाना र संगित सहितको नेपाली बार संचालनमा आएको छ ।

नेपाली युवा ब्यवसायीहरुको सयुक्त लगानीमा संचालनमा आएको रेष्टुरेन्टमा नेपाली टिपिकल परिकारका साथमा लाईभ ब्यान्ड म्यूजिक, गजल सहित लोक दोहोरी गीतको प्रस्तुतीहरु सहित किङ्स लाउन्ज एण्ड बार संचालनमा आएको हो ।

लामो समय देखि जापानमा ब्यवसाय गरेका अमृत गुरुङ, लेलिन भट्टचन, सचिन श्रेष्ठ र कुमार तामाङ्को समुहले करिब २ करोड ५० लाख येनको लगानीमा संचालन गरिएको दावी गरेका छन ।

शुक्रबारबाट शुरुवात गरिएको बारको नेपाल ब्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली, एनआरएन एसिया प्यासेफिकका उपसंयोजक दघिवाल खडका, एनआरएन आईसिसिका सदस्य रविन शेरचन लगायतका ब्यवसायीहरुको उपस्थितीमा बारको शुभराम्भ भएको हो ।

ताजा समाचार