टोकियो
नव आगन्तुक विद्यार्थीहरुको जापान आगमन पछिको पढाई, कामको खोजी र जापानको शुखद बसाईको लागि सहयोग पुर्रयाउने उदेष्य सहित नेपाली बिद्यार्थीहरुको रोजाईको शहर फुकुओकामा स्वागत सहित अभिमुखी कार्यक्रम हुने भएको छ ।
गैर आवासीय नेपाली संघ जापान क्युस्यु क्षेत्रीयले जुलाई २ तारिक शनिबारका दिन नवआगन्तुक विद्यार्थीहरुको सहयोगका लागि यो कार्यक्रम आयोजना गरिएको क्युस्यु क्षेत्रका संयोजक अर्जुन बगालेले निपष्क्ष न्यूजलाई जानकारी दिएका हुन ।
कार्यक्रममा जापान सरकारका विदेशी बिभाग हेर्ने सरकारी निकाय, फुकुओका वाणीज्य दुताबास, क्युस्युमा रहेका विभीन्न संघसस्था साथै काम खोजी गरिदिने जापानिज संघ संस्थाहरुको उपस्थीतिमा कार्यक्रम हुने बताईएको छ ।