एनआरएनए एशिया सम्मेलन अगष्ट २६ देखी २८ सम्म थाइल्याण्डको बैङककमा हुने

काठमान्डौ

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया क्षेत्रीय ९औं बैठक तथा दोस्रो विज्ञ सम्मेलन अगष्ट २६ देखी २८ सम्म थाईल्याण्डको बैङकक हुने भएको छ ।

मिलाप, टुगेदर वी स्ट्याण्ड नारा तय गरिएको सम्मेलनको तयारी तिब्र पारिएको क्षेत्रीय संयोजक पारसमणी पोख्रेलले जानकारी दिएका छन ।

सम्मेलन तिन दिन संचालन हुने र दुई औपचारिक सेसनमा सहित अनौपचारीक र पर्यटकिय कार्यक्रम हुने भएको छ । तीन दिनको सम्मेलन मिलिनियम हिल्टन होटल बैंककमा आयोजना हुनेछ।

सम्मेलनमा गैरआवासीय नेपाली संघका अध्यक्षद्धय कुल आचार्य, रविना थापा, डा. बद्री केसी लगायत संघका पदाधिकारीहरु सहित पूर्व अध्यक्ष समेत विषेश अतिथिको रुपमा उपस्थित हुने अपेक्षा गरिएको छ।

२५ भन्दा बढी देशका प्रतिनिधिहरु सहभागी हुने सो सम्मेलनमा तथा सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरु, संघका अध्यक्ष, संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु पदाधिकारी तथा सदस्यहरु, मानार्थ सदस्यहरु, एशिया प्रशान्त क्षेत्रका साथै अन्य क्षेत्रका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु, विभिन्न मुलुकका विज्ञहरु, अभियानकर्ताहरु, गैरआवासीय नेपालीहरु लगायत संचारकर्मीहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ।

ताजा समाचार