भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीचको सम्बन्ध हिमालय जत्तिकै अटल र पुरानो रहेको बताएका छन्।
सोमबार लुम्बिनीमा आयोजित २५६६औँ बुद्धजयन्ती विशेष समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।
मोदीले सम्बोधनका क्रममा पटक पटक नेपाली भाषामा बोलेका छन्।
अन्तमा उनले तीन पटक नमोः बुद्धाय उच्चारण गर्दै आफ्नो भाषण टुंग्याएका छन्।