चितवनमा मतगणना: राप्ती, कालिका र इच्छाकामनामा एमालेमा अगाडि, माडीमा माओवादी, खैरहनीमा कांग्रेसको अग्रता 

चितवनमा भरतपुर महानगरबाहेकका पालिकामा अहिले मतगणना जारी छ। 

खैरहनी नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार अगाडि छन्।

१८७ मत गणना हुँदा कांग्रेस उम्मेदवार शशि खनियाँले ९३ मत पाएका छन् भने एमालेका लालमणि चौधरी ५९ मत पाएका छन्।

राप्ती र कालिका नगरपालिकामा र इच्छाकामना गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार अगाडि छन्।

राप्ती नगरपालिमा ३०० मत गणना हुँदा एमालेका गोविन्दप्रसाद कँडेल १५२, गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका शमशेर लामाले १०३ मत पाएका छन्।

कालिका नगरपालिकामा २ सय मत गन्दा एमालेका विनोद रेग्मीले ८१  र कांग्रेसका शिवराम केसीले ८७ मत पाएका छन्। 

ताजा समाचार