काठमान्डौ
जापानमा बसि नेपाल कला र संगीतमा क्रियाशी रामकृष्ण बममल्ल एवं नेपाली गीत संगीत क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल श्रीकृष्ण बममल्लले “टेकमाया” नामक गित श्रोतामाझ लिएर आएका छन ।
बाग्लुङका प्रतिभाशाली बममल्ल दाजुभाईले लेखन गायन देखि अभिनय सम्म सगै गरेका छन । टेकमायामा महिला स्वर लक्ष्मी मल्लको रहेको छ ।
चर्चित सर्जक प्रकाश सपुत सहित करिस्मा ढकाल, एरोना मल्ल र संगीतकार श्रीकृष्णकै अभिनय रहेको भिडियोमा नवराज उप्रेतीले छांयाकन गरेका छनभने मनोज कार्कीले सम्पादन गरेका छन, भिडियोको निर्देशन मौसम हिमालीको रहेको छ ।
यूटयुब मार्फत सार्वजानिक गरिएको “टेकमाया” छोटो समयमा दर्शक श्रोताका विच लोकप्रिय भईरहेको छ ।
श्रीकृष्ण बम मल्ल नेपाली संगीत क्षेत्रमा अत्तन्तै रुचाईएका ब्याबसायिक सगीतकर्मीको रूपमा स्थापित नाम हो, भने रामकृष्ण बममल्ललामो समय देखी बिषेश गरी नेपाली मौलिक लोक सगीतको क्षेत्रमा कृयासिल छन।