टोकियो
जापानमा बसोबास गर्ने शेर्पाहरुले कोरोना कहरलाई भुल्दै २०२२ को (नयां बर्ष) ग्याल्पो ल्होसार शेर्पा सांस्कृतिक कार्यक्रम सहित मनाएका छन ।
जनजाति महासंघ जापानका सस्थापक अध्यक्ष ओम गुरुङको प्रमुख आतिथ्यततामा सम्पन्न भएको ल्होसार कार्यक्रममा शेर्पा संघका अगुवा सहितको उपस्थिती रहेको थियो । कार्यक्रममा एनआरएन आईसिसि सदस्य दघिवल खडका एनआरएन जापानका अध्यक्ष शिव प्रसाद पौडेल जनजातिका अभिभावक विजय थकाली लगायतले शुभकामना ब्यक्त गरेका कार्यक्रम संयोजक सोनाम शेर्पाले जानकारी दिनु भयो ।
शेर्पा संघ जापानका अध्यक्ष दावा शेर्पाको अध्यक्षतमा सम्पन्न नयॅा बर्षको शुभकामना आदन प्रदान कार्यक्रममा शेर्पा जातिको नृत्य एवं झाकिहरु प्रस्तुत गरिएको थियो ।
विस्वमा नै उच्च हिमश्रृखला चढेर पहिचान बनाउन सफल शेर्पाहरुले फागुन महिनामा नयां बर्ष ग्याल्पो ल्होसार मनाउने गर्दछन ।