मार्च १ तारिखबाट नेपाली विद्यार्थी र व्यवसायि सहित विदेशीहरुलाई जापान आउने दिने जापान सरकारको निर्णय

टोकियो

जापान प्रवेशका लागि अनुमति पाई प्रतिक्षा गरिरहेका करिब १ लाख ५० हजार बिदेशीलाई आउदो मार्च १ तारिखबाट जापान प्रवेशमा खुकुलो बनाउने निर्णय गरेको छ ।

पछिल्लो हप्ता जापानमा रहेका अमेरिकी तथा युरोपेली यूनियानका ब्यवसायीहरुले कामदार अभाव सहितको समस्यालाई सम्बोधन गर्न जापान सरकारले बिदेशीलाई जापानमा प्रवेशमा सहज बनाउन सार्वजानिक कार्यक्रम नै गरी आग्रह गरेका थिए, त्यसैगरी जापानको बर्तमान सरकारको घटक दल कोमोईतोका नेताहरुले पनि जापानको कामदार समस्या सहित जापानको अर्थतन्त्रलाई चलयमान बनाउन पनि बिदेशीलाई जापान प्रवेश गर्न दिनुपर्ने बताउदै आएकोमा वर्तमान प्रधानमन्त्री फुमियो किसिदाले पहिलो चरणमा ब्यवसायी सहित विद्यार्थीलाई मार्च १ बाट प्रवेश दिने निर्णय गरेका हुन ।

लामो समयको प्रतिक्षापछि अन्ततः जापानले विदेशी विद्यार्थी सहित व्यवसायिलाई मार्च १ देखि सहज प्रवेश सहित विदेशीलाई जापान प्रवेशमा खुलाएको हो ।

यो निर्णयसगै हजारौ सिओई लेटर प्राप्त गरेका नेपाली विद्यार्थीलाई जापान प्रवेशमा सहज भएको छ । योसगै नेपाली ब्यवसायीहरु पनि जापानले प्रवेश प्रतिबन्ध खुलेको छ ।

कोभिड शुरु भएपछि सबै भन्दा प्रभावित विदेशी विद्यार्थी आश्रित विस्वविद्यलय र पर्यटन उद्योगमा नराम्रोसग प्रभावित भएको बताईएको छ । त्यसैगरी ब्यवसायिक प्रतिष्ठानमा पनि कामदारको अभाव भएको भन्दै जापानका व्यवसायीहरुले विदेशी व्यवसायि र विद्यार्थीहरुको प्रवेशमा लगाइएको प्रतिबन्धले पार्न सक्ने प्रभावलाई सम्बोधन गर्न प्रतिबन्ध खुकुलो बनाउदै सिमा खोल्ने निर्णयमा जापान सरकार पुगेको हो ।

सिमा खोल्ने निर्णयसगै प्रधानमन्त्री फुमिओ किशिदाले बिहिबार सबै यात्रुहरुका लागि क्वारन्टिन अवधि घटाएर तीन दिनमा झार्ने निर्ण गरेका छन । साथै महामारी नियन्त्रणमा आइसकेका देशहरुबाट आउने यात्रीहरुलाई क्वारन्टिनमा पूर्णतः छूट दिन सकिने पनि बताइएको छ ।

जापान सरकारले हाल दैनिक ३ हजार ५०० आगन्तुकको संख्यामा लगाइएको सीमा पनि बढाएर ५ हजारमा पुर्याउने पनि जानकारी दिएको छ ।

ताजा समाचार