टोकियो
जापनामा कोरोना दिन प्रतिदिन कोरोना सक्रमणले नयां नयां रेकर्ड बनि रहेको समयमा मृत्यू हुनेको सख्या पनि बढि रहेको छ ।
बुधबार जापानिज न्यूज एजेन्सी एनएचकेले दिएको जानकारी अनुसार जापानको ४७ प्रान्तमा बुधबार पनि कोरोना सक्रमण भएको समाचार छ । टोकियोमा सबै भन्दा धेरै १४ हजार ८७ जना त्यसैगरी ओसाकामा ९ हजार ८ सय १३ जना एवं सबैभन्दा कम ईवातेमा ७२ जनामागरी जापान भरी बुधबार ७१ हजार ६ सय ३३ जनामा कोरोना पुष्टी भएको छ।
त्यसैगरी बुधबार जापान भरीमा ३४ जनाको मृत्यू भएको छ । सबै भन्दा बढी टोकियोमा ५ जनाको मृत्यू भएको समाचार छ ।