अर्घाखाँची समाज जापानको अध्यक्षमा दीपक थापाको नेतृत्वमा नयॅा कार्यसमिति निर्वाचित


टोकियो

आईतबार टोकियोमा सम्पन्न अर्घाखाँची समाज जापानको चौथो अधिबेशनबाट दीपक थापाको नेतृत्वमा एकाईस सदस्यिय  नयाँकार्यसमिति चयन गरेको छ ।

दुई बर्ष कार्यकाल रहनेगरी चयन भएको समितिको उपाध्यक्ष कृष्ण के सी, नेत्र प्रसाद पन्थी, कृष्ण आले

महासचिब नारायण प्रसाद भुसाल, सचिब संगीता थापा

 अबिनाश जी सी, अर्जुन आचार्य, कोषाध्यक्ष टोप ब. घर्ती मगर,सह-कोषाध्यक्ष कृष्ण ब. आले, सदस्य चेतनारायण थापा,चेतन घर्तीमगर,हरी गौतम,दिल प्रसाद श्रेस्ठ,सरोज भुसाल,देबेंद्र खड़का,हेमन्त रेश्मी, बसन्ता आले ,गोबिन्द बिस्ट,निरंजन खड़का,केशब रेश्मी र मधु क्षेत्रीलाई चयन गरेको छ ।

त्यसैगरी सल्लाहाकारहरुमा डा. बिष्णु खनाल,अयन टण्डन,डा. योगेन्द्र जी यम,इन्दिरा खनाल र गणेश रायमाझीलाई चयन गरेको छ।

अधिवेशनमा निर्वतमान कार्यसमितिको तर्फबाट सचिव नारायण भुषालले प्रगती प्रतिवेदन, कोषध्यक्ष टोप बहादुर धर्ती मगरले आर्थिकप्रतिवेदन र दीपक थापाले सस्थाको विधान अधिवेशनमा प्रस्तुत गरेका थिए । 

अधिवेशनमा अर्घाखाँची जिल्लाबाट जापान आई पिएचडि गर्नु भएका डा. विण्णु खनाल, डा. योगेन्द्र धर्ती मगर लगायलाई दोसल्लाओडाई सम्मान गरिएको थियो ।

कार्यक्रम अर्घाखाँची समाज जापानको निर्वतमान अध्यक्ष बाबुराम पौडेलल सभापतित्वमा सम्पन्न भएको थियो ।

ताजा समाचार