टोकियो
जापानमा थप ५८ जनामा ओमिक्रोन पुष्टी भएको छ ।
जापान सरकार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार विदेशबाट जापान आएको ३८ यात्रुमा पुष्टी भएका छभने २० जनाको रुट पत्ता नलागेपनि ओमिक्रोन संक्रमण पुष्टी भएको एनएचकेले जनाएको छ ।
ओमिक्रोन संक्रमित हुनेहरुको संख्या ओसाकामा १९ जना,टोकियो र ओकिनवामा १०/१० जना,क्योतोमा ८ जना,आईचीमा २ जना,खानागावा, गुन्मा,गिफु,साईतामा, यामागुची,फुकुओका,चिबा,नारा र हिरोशिमा प्रान्तहरुमा १/१ जना रहेका छन् ।