काठमाडौं
नेपाली कांग्रेसको महामन्त्री पदमा गगन थापासँगै विश्वप्रकाश शर्मा पनि निर्वाचित भएका छन ।
महामन्त्री पदमा गगन थापाले ३०२३ मत प्राप्त गर्दै विजयी भएका छन । काग्रेस अधिवेशनमा अहिले सम्म सबै भन्दा बढी मत पनि गगनले नै प्राप्त गरेका छन । त्यसैगरी विस्व प्रकाश शर्माले १९८४ मत प्राप्त गर्दै दोश्रो महामन्त्री पदमा विजयी भएका छन ।काग्रेसमा दुई महामन्त्री रहने वैधानिक ब्यवस्था रहेको छ ।

नेपाली काग्रेसको १४ औ महाधिवेशनमा महामन्त्री पदमा ६ जनाले उम्मेदवारी दिएकोमा प्रकाश शरण महतले १५५० मत प्राप्त गर्दै तेश्रो भएभने प्रदिप पौडेलले १४०९ मत मिनेन्द्र रिजालले ८०९ मत एवं राजाराम कार्कीले १०७ मत प्राप्त गरेका छन ।
काग्रेस अधिवेशनमा दुई युवा नेताक विजयसगै काग्रेस भित्र परिवर्तनको सकेत देखिएको छ ।