न्यायाधीशहरूलाई प्रधानन्यायाधीश जबराको जवाफ : राजीनामा दिन्नँ

काठमाडौं

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताएका छन । फुलकोर्ट बहिस्कार गर्नुका साथै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

तर जबराले भने सडकमा कसैले मागेको भरमा राजीनामा नदिने जवाफ दिएका छन् । ‘विवादमा जो जो छन्, सबैले दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन सकिन्नँ,’ जबराले भनेका छन् ।

उनले आफू संवैधानिक प्रक्रियाबाट आएको र जाने प्रक्रिया पनि संवैधानिक नै भएको समेत बताएर सक्ने भए महाअभियोग लगाऊँ भन्ने संकेत गरेको स्रोतको दाबी छ ।

आफ्नो राजीनामा माग्ने न्यायाधीशहरुलाई प्रधानन्यायाधीश जबराले आफू पनि राजीनामा माग्ने बताए । ‘तपाईहरुले मलाई जे जे भन्नुभयो, बजारमा त्यही त्यही खालको आरोप तपाईंहरु माथि पनि छ’ उनले भने ‘तपाईंहरु पनि राजीनामा दिनुहुन्छ ?

अहिले जबरालाई भेटेका न्यायाधीशहरु पुन:  छलफलमा छन् ।

ताजा समाचार