शेरधनले दिए राजीनामा, भीम आचार्य एमाले संसदीय दलको नेता चयन

विराटनगर । नेकपा एमाले विभाजन र एकता दुवै भएपछि प्रदेश १ मा मुख्यमन्त्री फेरबदल हुने भएको छ ।

एमाले एकता जोगाउने लक्ष्य सहित यसअघि माधव कुमार नेपाल पक्षका नेता भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी भएको हो । त्यसको लागि हालसम्म मुख्यमन्त्री रहेका शेरधन राईले संसदीय दल र मुख्यमन्त्रीबाट राजीनामा गराएर उनलाई शपथ खुवाउने तयारी गरेका छन् ।

एमाले प्रदेश १ संसदीय दलको बैठकले राईको प्रस्तावमा आचार्यलाई संसदीय दलको नेता चयन गरेको छ ।

अब आचार्यलाई मुख्यमन्त्री बनाउने र आजै शपथ खुवाउने तयारी भएको छ । माधव कुमार नेपाल पक्ष छोडेर एमालेमै बस्ने निर्णयपछि आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी भएको हो ।

ताजा समाचार