जापानका अजिब गुरुङ ‘ओम’द्वारा NRNA ICC को सचिब पदमा उम्मेदवारी दिने घोषणा:

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समवन्य परिषद्को (आईसिसि)आगामी महाधिवेशनमा अजिब गुरुङ ‘ओमले सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

लामो समयबाट एनआरएन अभियानमा होमिएका गुरुङ, २००८मा एनआरएनए जापानको कार्यसमितिको उपाध्यक्ष भएसगै गुरुङको परिचय बढेको थियो । गुरुङ सबैसग समुधुर सम्बन्ध राख्न सक्ने क्षमताका कारण नै एनआरएन जापानको सर्बसम्बत रुपमा अध्यक्ष निर्वाचित हुन सफल भएका हुन । एनआरएन जापानको सफल कार्यकाल सम्पन्न गरिसकेका गुरुङले ३ पटक आईसीसीको पदमा बसी विभिन्न महत्वपूर्ण जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरिसकेका छन् । हाल बिधान समितिको सह-संयोजकको जिम्मेवारीमा रहेर बिधानमा नया आयमहरु थप्न गहन भूमिका खेलेको जानकारहरु बताउछन | आफ्नो अनुभवलाई एनआरएन अभियानमा लगाउन उनले आगामी कार्यकालका लागि सचिबमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पर्वत जिल्लाको फलेवास नगरपालिका ८ ठानामौलाको खाल्टेमा जन्मिएका गुरुङ हाल चितवनको माडीमा बसोवास गर्दै आएपनि बिगत लामो समयदेखि जापानमा स्थापित सफल रेष्टुरेण्ट र रेमिट्यान्स ब्यवसायी हुन । उनले आफ्नो उम्मेद्धारी व्यक्तिगत स्वार्थ भन्दा पनि गैरआवासीय नेपालीकोहरुको समुचित बिकासको लागि निरन्तरता सहित सस्थागत सुढृडि करणका लागि आपनो उम्मेदवारी भएको गुरुङले दावी गरेका छन् । नेपालीका लागि नेपाली, एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने गैरआवासीय नेपाली संघको मुल नारालाई सार्थकर्ता दिन आफुले सचिबमा उम्मेदवारी दिएको गुरुङले बताए । जापानस्थित नेपाल आदिबासी जनजाति महसंघ जापानको सस्थापक अध्यक्ष समेत् रही विभिन्न संस्थामा पनि महत्वपूर्ण ठाउँमा बसेर काम गरी सकेका छन र हाल गुरुङहरुको माउ सस्था तमु ह्युल छोजधिं रास्ट्रिय परिषदका अन्तरास्ट्रीय सल्लाहकार समेत रहेका गुरुङ गैरआवासीय नेपाली आन्दोलन र अभियानको अगुवामा निकै परिचित नाम हो ।

यस सस्थाका जन्मपिता उपेन्द्र महतो, देवमान हिराचन, जिबा लामिछाने, शेष घले लगाएत भबन भट्टसंग नजिक रहेर काम गरेका गुरुङ एनआरएनका बिभिन्न महत्वपूर्ण जिम्मेवारीमा बसेर काम गरिसकेका छन् । अन्य पदहरुमा जहाँ बसेर पनि काम गर्न सकिन्छ नि सचिबमा नै किन भन्ने प्रसंगमा उम्मेद्धार गुरुङले लामो समय सस्थामा बसेर काम गरेको अनुभबले एनआरएनएका मूल्य र मान्यताहरुलाई गहनरुपमा बुझेको र त्यसलाई आत्मा साथ गर्दै आफै जिम्मेवारी तह बसेर पोलिसी बनाउने र त्यसलाई लागु गर्नका लागि नै जिम्मेवारी पदमा बसेर काम गर्न चाहेको हो |

मुख्यतय हाल देखिएका बिकृति र विसंगतिहरुको सस्थागत सुधार, रोजगारीको लागि बाहिरिएका नेपालीहरुको गैरआवासीय नेपालीहरुको हकअधिकार, नागरिकताको निरन्तरता, नेपालीको सम्ब्रिद्दलागी ब्रेन-ड्रेन लाइ डाइभर्ट गर्ने, श्रमको उचित मूल्य र ब्यबस्थित रोजगारका, जिबनबिमा जस्ता बिषयहरुमा लागि आफु जोडदारसंग लाग्ने र यस अर्थमा पनि आफु सचिवको जिम्मेवारी पदमा रहेर काम गर्न चाहेको बताएका छन् ।

ताजा समाचार