काठमाडौँ । नेपालको स्वास्थ्य क्षेत्रको सुधारको अभियान चलाइरहेका डाक्टर गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले स्वास्थ्य राज्यमन्त्रीमा व्यवसायी उमेश श्रेष्ठलाई नियुक्त गरेको भन्दै आपत्ति जनाएका छन् ।
उनले देउवा सरकारले केही राम्रो काम गर्ला भन्ने आफूले आश राखेको तर देउवाको सुरुकै कामले आफू निराश भएको बताएका छन् ।
एक कार्यक्रममा बोल्दै उनले देउवा ५ औं पटक प्रधानमन्त्रीमा नियुक्त हुँदा पनि बुद्धि नपलाएको व्यंग गरे ।
देउवा प्रधानमन्त्री भएको पाँचौंपटक भयो, यीनले केही गर्छन की जस्तो लागेको थियो, पाँचौपटक प्रधानमन्त्री बन्दा अलिकति बुद्धि पलाउँछ भनेको त झन्, बुद्धि भएको पलाउनु ? उनले भने ।
श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेपछि यतिबेला विरोध आइरहेको छ ।
उनले बुधबारको सत्ता गठबन्धनको बैठकमा आफूले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकोमा माफी समेत मागिसकेका छन् ।
केही दिन डा. केसीले अगाडी श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई खबरदारी पत्रसमेत लेखेका थिए ।