काठमाडौ. । प्रतिनिधिसभाको मंगलवारको बैठकमा पछिल्लो समय युवा पुस्ताहरुमाझ लोकप्रिय मानिएका अनलाइन गेम बन्द गर्न माग भएको छ ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद आशाकुमारी विकले अनलाइन गेमका कारण बालबालिका तथा अभिभावकहरूमा समेत मानसिक समस्या उत्पन्न भएकाले त्यस्ता गेम बन्द गर्नुपर्ने माग गरेकी हुन् ।
उनले भनिन्, लकडाउनका समयमा इन्टरनेट प्रयोगकर्ता बढेका छन् । तर बालबालिकालहरूमा पब्जी र फ्रिफायर जस्ता गेमको लत बसेकाले यस्ता गेममाथि प्रतिबन्ध गरियोस् र
गेमको लतका कारण बालबालिकाहरुमा डराउने, झर्किने जस्ता समस्या देखापरेको उनको भनाइ छ । सरकारले यस्ता गेम बन्द नगरे अभिभावकहरू अदालत जाने उनले बताइन् ।