ओसाका
एनआरएनए जापानको ओसाकामा जारी दशौ अधिवेशन सम्पन्न गर्न पॅाच सदस्यिय अध्यक्ष मण्डल गठन गरेको छ ।
शनिबार बसेको एनआरएन जापानको दशौ अधिवेशनलाई सहजिकरणका लागि एनआरएन जापानका पूर्व अध्यक्ष ओम गुरुङ, रोशन कार्कि, पारशमणि पोख्रेल र नारायण सुवेदीलाई चयन गरिएको छ ।
दशौ अधिवेशनको उदघाटनसगै कार्यसमिति र निर्वाचन समिति विचको पुलको काममा संयोजन गर्न अध्यक्ष मण्डल चयन गरिएको महासचिव जनक बिक्रम शाहीले जानकारी दिनु भयो ।
अध्यक्ष मण्डलले एनआरएन जापानले दशौ अधिवेशनमा प्रस्तुत गर्ने महासचिवले प्रस्तुत प्रतिवेदन र कोषध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदनहरु हलमा प्रस्तुत गर्ने छ ।