टोकियो
शुक्रबार सॅाझ टोकियोको सिन्जुकु वार्डमा रहेको नवनिर्मित राष्ट्रिय रङशालामा जापानका राजा नारुहितोले ३२ औ सस्करणको गृष्मकालिन ओलम्पिकको उदधाटन गर्ने छन ।
अमेरिकाकि फस्ट लेडि जेलि वाईडेन सहित बिभिन्न देशका राष्ट्र प्रमुखको सहभागिता रहेन उदधाटन समारोहमा विस्वभरीका २०६ राष्ट्रले सहभागिता जनाउने भएका हुन । टोकियो ओलम्पिक २०२० मा ३३ विधामा ११ हजार भन्दा बढी खेलाडीहरुले प्रतिस्पर्धा गर्ने अन्तराष्ट्रिय ओलम्पिक कमिटिले जनाएको छ ।
एक बर्ष पहिला २०२० मा आयोजना हुने तालिका रहेको खेलकूदको कुम्भ मेला भनेर चिनिने ओलम्पिक महामरीले एक बर्ष पछि आयोजना भएको हो । टोकियो ओलम्पिक २०१९ को डिसेम्बरबाट देखिएको कोरोनाले महामरीको अवस्था आएपछि ठिक एक बर्षपछि शुक्रबार उदधाटन हुन लागेको हो ।
“भावनात्मक एकता साथमा अगाडी बढौ” भन्ने नारा सहित २३ जुलाई बाट शुरु भई ८ अगष्ट सम्म संचालन हुने टोकियो ओलम्पिकमा नेपालबाट पौडीका २ जुडोका १ सुटिङका १ र एथलेटिक्सका १ गरी ५ खेलाडीले प्रतिस्प्रर्धा गर्ने छन । नेपालले ५७ बर्ष अघि १९६४ को टोकियो ओलम्पिकबाट नै ओलम्पिक प्रतियोगितामा सहभागिता जनाउन शुरु गरेको हो ।
शुक्रबार सॅाझ हुने उदधाटन समारोहमा नेपाली राष्ट्रिय झन्डा पौडीका गौरिका सि र अलेकजेण्डर शाहले लिने छन । सेभदि मिसनका रुपमा टोकियो आईपुगेका राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव रमेश सिलवाल सहित नेपाली टोलिले उदधाटन परेडमा सहभागि हुने तयारी रहेको नेपाल ओलम्पिक कमिटिले जनाएको छ ।
कोरोनाका कारण यस बर्षको टोकियो ओलम्पिकमा दर्शक बिहिन हुने भएको छ । अन्तराष्ट्रिय ओलम्पिक कमिटिले कोरोना महामारी कारण बिक्री भईसकेको टिकट पनि फिर्ता दिने निर्णय भएसगै यस पटकको ओलम्पिक दर्शक बिहिन आयोजना गर्ने निर्णय गरिएको हो ।