काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनभएको छ ।
प्रतिनिधि सभाबाट विश्वासको मत पाउनेवित्तिकै मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिनुभएको हो ।
मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि विश्वास व्यक्त गर्नुभएको छ ।
यसअघि, प्रधानमन्त्री नियुक्त भएपछि देउवालाई भेटेर बधाई दिन भारतीय राजदूत विनयमोहन क्वात्रा उहाँकै निवास पुग्नुभएको थियो । मोदीले भने अहिलेसम्म बधाई दिनुभएको थिएन ।