टोकियो
लामो समय जापानमा ब्यबसायिक सफलता हासिल गर्न सफल भएका रविन शेरचनले एनआरएनए जापान आईसिसि सदस्यमा उम्मेदवारी दिएका छन ।
सामाजिक उत्तरदायित्व बहनका लागि मेरो सक्रियता, लगनशिलता र जिम्मेवारी बोधका साथ मेरो अग्रसरता नाराका साथ चुनावि मैदानमा आएका शेरचनले आगमि दिनमा मातृभूमिको लागि सहयोग गर्न एनआरएन अभियानमा लागेको बताउनु भयो । उहाले एनआरएन अभियानमा जापानको उपस्थिती महत्वपूर्ण र गर्विलो हुनु पर्छ । तर एनआरएनए जापानमा केहि कार्यकालमा देखिएको बेथिति हेर्दा हामि साच्चै केहि गर्न नसक्ने नै हो त भन्ने लागेर, यो अघिवेशनमा मेरो भूमिका र मेरो अनुभव पनि एनआरएनमा आगमि दिनको लागि केहि गर्न सकियो भने त्यो पनि उपलब्धि नै हुने ठानेर चुनावी मैदानमा उत्रिएको बताउनु भयो ।
जापानमा तिन दशक बिताएका शेरचनले टोकियोमा नेपालीहरुको गौरव बनेका आगन, याताईमुरा जस्तो नेपाली मौलिक रेष्टुरेन्ट सफलतापूर्वक सचालन सहित नेपालीको परिचय पनि दिन सफल भएका छन । रविनलाई जान्नेहरु ब्यबसायको सफलता मात्रै होईन, नेपाली खानाको परिचय, नेपाली शैलीको ईन्टिरियर डेकोरेशन सहित नेपाल कला, सस्कृती सहितको खानालाई जापानिजहरुका विच लोकप्रिय बनाउन ठुलो भूमिका खेलेको बताउछन ।
कुनै समय टोकियोमा जापानिजहरुलाई फुड एन्ड बेभरेजको तालिम कक्षाहरु संचालन गरेका शेरचनले टोकियो भित्र नेपाली, जापानिज, युरोपियन स्टाईलका २७ वटा विभिन्न रेष्टुरेन्टहरु संचालनमा भईरहेका छन ।
शेरचन एनआरएनए जापानका वर्तमान सल्लाहकार, सहित जापानमा हुने सबै प्रकारका बिभिन्न कार्यक्रमहरुमा आर्थिक सहयोग गर्ने गरेका छन ।
एनआएनए जापानको दशौं अधिवेशनको उदधाटन ओसाकामा जुलाई २५ तारिख हुनेछ भने मतदान २७ तारिख हुने निर्वाचन समितिले जानकारी दिएको छ