टोकियो । टोकियोमा यहि जुलाई २३ बाट शुरु हुने गृष्मकालिन टोकियो ओलम्पिकमा सहभागिता हुन विहिबार जापान आइपुगेका नेपाली खेलाडीहरुलाई भब्य स्वागत गरिएको छ ।
विहिबार तोकुसिमा प्रान्तमा पुगेका पौडीका गौरिका सिंह, अलेजेन्डर शाह (एलेक्स) र पौडीका मुख्य प्रशिक्षक शंकर कार्कीलाई प्रान्तका पदाधिकारीहरुले भब्य स्वागत गरेका हुन् ।
नेपाली ढाकाटोपी लगाएका जापानी पुरुषहरुले नेपालीमा नै “मेहनत गर्नुस” लेखिएको प्लेकार्ड एवं नेपाली सारी तथा नेपाली नारीका भेषभूषा सहित खेलाडीलाई स्वागत गरेका थिए ।
एक हप्ताको अभ्यास पछि सबै खेलाडीहरु टोकियो ओलम्पिकमा सहभागिता जनाउन टोकियो पुग्नेछन ।