काठमाडौं । बुधबार नेपालमा थप २ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८ सय ३५ पीसीआर परीक्षणबाट २ हजार ७७ जना र ४ हजार ६३ एन्टिजेन परीक्षणबाट ९ सय २ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८ जना संक्रमितको मृत्यु भएको छ।
यस्तै बुधबार थप १३ सय ३३ जना संक्रमणमुक्त भएका छन्।