काठमाडौँ
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूहरुको लडाइँ प्रधानमन्त्रीका लागि नभएर संविधान र लोकतन्त्र रक्षाका लागि भएको बताएका छन् ।
संसद् भवन नयाँ बानेश्वरमा शनिबार आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा दाहालले अहिले कसैलाई प्रधानमन्त्री बन्न हतारो नभएको बताए । ‘शेरबहादुरजीको दायाँबायाँ माधवजी र म छौं । हामीले नै देउवाजीलाई तपाईं उभिन पर्यो भनेको यो पटकलाई । यहाँ प्रधानमन्त्रीको हतारो कसैलाई छैन । हाम्रो लडाइँ प्रधानमन्त्रीका लागि होइन । यो पटक हामी कोही पनि प्रधानमन्त्री हुन पाए, सरकार छिटो बनाउन पाए भन्ने हैन’ उनले भने, ‘संविधानमाथि निर्मम ढंगले प्रहार भइराखेको छ । देशलाई अराजकता, संविधानहिनताको भूमिरीमा हाल्ने दुष्प्रयास भइराखेको देखियो । त्यसबाट यो संविधानको रक्षा गर्नैपर्ने देखियो नत्र बर्बाद हुन्छ भन्ने चिन्ताको साथ लागिराखेका छौं ।
सर्वोच्च अदालतले लोकतान्त्रिक मूल्य–मान्यता र संविधानअनुसार फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको दाहालको भनाइ छ ।