युवा नेता ज्ञानेन्द्र शाहीको उपस्थितीमा टोकियोमा अन्तरक्रिया कार्यक्रम हुने

टोकियो । कर्णाली प्रदेश समाज, जापानको आयोजनामा नेपालका चर्चित युवा नेता तथा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीसँग अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।

कर्णालीदेखि जापानसम्म – विचार, नेतृत्व र भविष्य” भन्ने मूल विषयमा केन्द्रित कार्यक्रम १६ जुलाई २०२६ मा टोकियोको तोशिमा सिभिक सेन्टर मा हुने भएको छ ।

आयोजकका अनुसार कार्यक्रममा कर्णालीको विकास, नेतृत्व, वैदेशिक नेपालीहरूको भूमिका तथा समसामयिक राष्ट्रिय विषयमा खुला छलफल गरिनेछ। सहभागीहरूले प्रत्यक्ष रूपमा आफ्ना जिज्ञासा, सुझाव तथा विचार राख्न सक्ने व्यवस्था गरिएको छ।

कार्यक्रमको उद्देश्य जापानमा रहेका नेपाली समुदाय र मातृभूमिबीच विचार आदान–प्रदानलाई सुदृढ गर्दै कर्णालीको समृद्धि र राष्ट्रिय विकासका विषयमा सार्थक संवाद अघि बढाउनु रहेको समाजका अध्यक्ष बिरेन्द्र शाहीले जानकारी दिएका छन ।

जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई आफ्ना विचार र प्रश्न राख्न आयोजक कर्णाली प्रदेश समाज, जापान ले हार्दिक अनुरोध गरेको छ।

ताजा समाचार